हुम्लामा खाद्यान्न पर्याप्त
हुम्ला । सधैँ खाद्यान्न अभाव झेलिरहेको हिमाली जिल्लामा हुम्लामा यो पटक भने खाद्यान्न पर्याप्तमा मात्रमा रहेको छ । कहिले ठेक्का सम्झौता ढिला हुँदा त कहिले ठेकेदार कम्पनीको ढुवानी लापरबाहीका कारण जिल्लावासीले खाद्यान्न अभाव झेल्दै आउनुपरेको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखाका प्रमुख कृष्ण अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/८१ लागि स्वीकृत भएको १४ हजार क्विन्टल चामल निरन्तर ढुवानी भएकाले खाद्यान्नको अभाव हटेको हो ।
दैनिक फिस्टेल हेलिकोप्टरले चामल ढुवानी गरिरहेको छ । लिमिटेडको शाखा हुम्लामा रहेका दुई गोदाममध्ये एक गोदाम भरिएको र अर्को गोदाम केही दिनमा भरिने अवस्थामा रहेको उनको भनाइ थियो । अहिले यस शाखामा छ हजार दुई सय क्विन्टल चामल रहेको र गोदाम नं दुई भरिएर झण्डै चार हजार चार सय क्विन्टल चामल रहेको शाखा प्रमुख अधिकारीले जानकारी दिए । खाद्यान्न निरन्तर ढुवानी भइरहेका कारण वितरणमा समेत सहज भइरहेको छ ।
खाद्यान्न पर्याप्त मात्रमा रहेकाले यही फागुन १३ देखि सर्वसाधारण, बजारवासी र कर्मचारीलाई दुई महिनाका लागि पुग्ने हिसाबले खाद्यान्न बिक्री वितरण गरिने भएको छ । भइपरी आउने कार्य जन्म र मृत्युका कार्यका साथै कैदीबन्दीलाई प्रत्येक हप्ताको शुक्रबार खाद्यान्न वितरण गरिरहेको उनले बताए ।
गोदाममा चामल पर्याप्त हुँदा घरमा चामल नभएर लिमिटेडको शाखामा पुगेका जिल्लावासीलाई जिरा मसिनो चामल एक बोराको रु दुई हजार तीन सय ७५ पर्ने गरेको छ ।
जिल्लास्थित विभिन्न राजनीतिक दलका नेतालाई भन्दा शाखाको गोदाममा पुग्ने जनतालाई बिक्री वितरण गरिने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण