बेलायतका विद्यालयमा मोबाइल फोन लैजान रोक
लन्डन । मोबाइल फोनको लत र यसले निम्त्याउने समस्याबाट दिक्क भएर बेलायतले विद्यालयमा मोबाइलमाथि प्रतिबन्ध लगाएको छ ।
बेलायतको यो निर्णयपछि धेरै देशमा यसको चर्चा हुन थालेको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले ट्वीटरमा एक भिडियो शेयर गर्दै यसको घोषणा गरेका हुन् ।
भिडियोमा सुनकको फोन बारम्बार बजिरहेको देख्न सकिन्छ । सुनकले मोबाइल फोनले कक्षाकोठामा कसरी समस्या निम्त्याइरहेको छ भन्ने कुरा भिडियोमार्फत देखाउने प्रयास गरेका छन् ।
उनी बारम्बार कुरा गर्न खोजिरहेका छन् । तर बिच बिचमा उनको फोन बजिरहन्छ । तीन पटक फोन बज्दा ऋषि सुनकले आफ्नो खल्तीबाट फोन निकालेर छेउमा राख्छन् र कस्तो निराशाजनक भन्छन् । बेलायतमा करिब एक तिहाइ माध्यमिक विद्यालयका विद्यार्थीहरूले फोनका कारण आफ्नो पढाइ अवरुद्ध भएको बताएको अर्को विज्ञप्तिमा सुनकले भनेका छन् ।
मोबाइल फोनले कक्षामा विद्यार्थीहरुको ध्यान भड्काउने र बदमासीको कारण बन्ने उनले बताए । विद्यार्थीहरूको लागि सुरक्षित र राम्रो सिकाइ वातावरण सिर्जना गर्न बेलायतका कयौँ विद्यालयहरूले पहिले नै मोबाइलमाथि प्रतिबन्ध लगाइसकेका थिए । विद्यालयमा मोबाइल प्रतिबन्धबारे नयाँ निर्देशिका पनि जारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण