एमाले कैलाली अध्यक्षमा दुर्गा जोशीद्वारा उम्मेदवारी घोषणा
मङ्गलबार, ०८ फागुन २०८०, १५ : २५
धनगढी । नेकपा एमाले कैलाली जिल्लाको अध्यक्षमा दुर्गा जोशीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
जिल्लाको सुखडमा भेटघाटको आयोजना गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । उनी जिल्लाको कार्यवाहक अध्यक्ष समेत हुन् ।
जोशीसहित उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दानबहादुर विश्वकर्मा, उपसचिवमा नृपबहादुर खड्का र रत्ना कुवर जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।
जोशीलाई केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टको समर्थन रहेको बताइएको छ । उनीसहित ३ जनाले अध्यक्षको लागि दाबी पेश गरेका छन् । तर अन्य २ जनाको उम्मेदवारी घोषणा हुन बाँकी छ ।
आइतबार एमाले अध्यक्ष ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण