बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कैलाली अध्यक्षमा दुर्गा जोशीद्वारा उम्मेदवारी घोषणा

मङ्गलबार, ०८ फागुन २०८०, १५ : २५
मङ्गलबार, ०८ फागुन २०८०

धनगढी । नेकपा एमाले कैलाली जिल्लाको अध्यक्षमा दुर्गा जोशीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । 

जिल्लाको सुखडमा भेटघाटको आयोजना गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । उनी जिल्लाको कार्यवाहक अध्यक्ष समेत हुन् । 

जोशीसहित उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दानबहादुर विश्वकर्मा, उपसचिवमा नृपबहादुर खड्का र रत्ना कुवर जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।

जोशीलाई केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टको समर्थन रहेको बताइएको छ । उनीसहित ३ जनाले अध्यक्षको लागि दाबी पेश गरेका छन् । तर अन्य २ जनाको उम्मेदवारी घोषणा हुन बाँकी छ ।

आइतबार एमाले अध्यक्ष ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप