बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तीनजना मृत अवस्थामा फेला

मङ्गलबार, ०८ फागुन २०८०, १९ : ५७
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा ३ जना मृत अवस्थामा फेला परेका छन् । दोलखाको कालिन्चोक गाउँपालिका-२ बाबरेस्थित पाखो बारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७६ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका हुन् । 

उता सुनसरीको रामधुनी नगरपालिका-७ पन्चायन बस्ने ४१ वर्षीय बिर्ख बहादुर मगर सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तनहुँको ऋषिङ गाउँपालिका-७ सुसेभञ्ज्याङ बस्ने ६६ वर्षीय लोक बहादुर रानाभाट आफ्नै घरको बार्तलीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप