एमाजनका संस्थापक जेफ बेजोसले बेचे साढे ८ अर्ब डलरको शेयर
क्यालिफोनिर्या । अमेरिकाका खर्बपति व्यापारी जेफ बेजोसले अनलाइन खुद्रा कम्पनी एमाजनको १ करोड ४० लाख कित्ता शेयर बेचेका छन् । बेचेको शेयरको मूल्य २ अर्ब ४० करोड डलर आसपास रहेको छ ।
पछिल्लो चरणको बिक्रीसँगै गएको ९ ओटा कारोबार दिनमा कम्पनीबाट करिब ५ करोड कित्ता शेयर बिक्री भएको छ । यसको मूल्य साढे ८ अर्ब डलर भएको बताइएको छ ।
नोभेम्बरमा नै बेजोसले आगामी वर्षभरमा कम्पनीको ५ करोड कित्तासम्म शेयर बेच्ने घोषणा गरेका थिए । गत वर्ष कम्पनीको शेयर मूल्य ७६ प्रतिशतले बढेको थियो । बेजोस कम्पनीको संस्थापक र कार्यकारी अध्यक्ष हुन् । उनले यस अघि सन् २०२१ मा एमाजनको शेयर बेचेका थिए । उनले बेलाबेलामा शेयर दान पनि गर्ने गरेका छन् ।
मियामीबाट बेजोस गएको वर्ष सियाटल बसाई सरेका थिए । उनले बेचेको शेयरमा त्यहाँ करिब ६० करोड डलर बराबरको कर बचाउने छन् । तर संघीय करहरू भने तिर्नु पर्नेछ । बेजोस एमाजनका सबैभन्दा ठुलो शेयरधनी हुन् । ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सका अनुसार बेजोसको नेटवर्थ १ खर्ब ९० अर्ब डलरभन्दा धेरै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण