अछाममा जिप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते
बुधबार, ०९ फागुन २०८०, १५ : ०९
अछाम । अछाममा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चौरपाटी गाउँपालिका–५ लुंग्रास्थित आमरुख नजिक आज विहान जिप दुर्घटना भएको हो ।
से १ ज ४२९ नंको जिप लुग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट एक सय ५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते डोटीको पूर्वीचौकी गाउँपालिका–४ का राजेन्द्र खड्काका डेढ वर्षका छोरा इशान खड्काको उपचारका क्रममा
बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए । घाइते १४ जनाको बयालपाटा अस्पतालमा उपचारको भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण