‘कर्णालीमा २८ प्रतिशत घरधुरीले आवश्यक मात्रामा खाद्यबस्तु उपभोग गर्दैनन्’
सुर्खेत । कर्णाली प्रदेशका २८ प्रतिशत घरधुरीले आवश्यक मात्रामा खाद्यबस्तु उपभोग नगरेको पाइएको छ । यस्तै ८ प्रतिशतले घरधुरीले अति न्यून मात्रामा खाद्यबस्तु उपभोग गरेको प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले बताए ।
उपाध्यक्ष शाहीका अनुसार यो भोकमरीको अवस्था हो । ‘यहाँका हिमाली जिल्लामा गम्भीर खाद्य असुरक्षित जनसंख्या लगभग २३ प्रतिशतको हाराहारीमा छ, जुन समग्र कर्णालीको तुलनामा तीन गुणा बढी हो ।’
बुधबार वीरेन्द्रनगरमा आयोजित पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल उत्पादन तथा बिक्री वितरण प्रदेशस्तरीय शुभारम्भ कार्यक्रममा शाहीले कर्णालीमा पोषण तथा खाद्य सुरक्षाको अवस्थाबारे जानकारी गराएका हुन् ।
उनले कर्णालीमा अझै पनि खाद्य असुरक्षाको जोखिम रहेको बताए । उनका अनुसार तथ्याङ्कले कर्णालीका हिमाली जिल्लाहरु खाद्य असुरक्षाको अति जोखिममा रहेको देखाउँछ ।
यसो हुनुका पछाडि न्यून खाद्य उत्पादन तथा उत्पादकत्व, आय आर्जनका मुख्य स्रोतहरुको कमी र खाने बानी, व्यवहार र सरसफाइको कमीजस्ता कारण पाइएको पनि उनले बताए ।
‘हिजोदेखि नै कर्णालीका मान्छे भोका छन् भनेर हेलिकप्टरबाट चामल पु¥याउनु भन्दा सडक विकासलाई ध्यान दिनुपर्ने थियो,’ उनले भने, ‘खाद्य सुरक्षाको विषयलाई योजना आयोगले विशेष महत्त्व दिएर काम गरिरहेको छ ।’
खाद्य असुरक्षालाई न्युन गर्न कर्णालीलाई अर्ग्यानिक बनाउनुपर्ने शाहीको भनाइ छ । कर्णालीमा पाइने रैथाने कृषि उपजलाई कसरी प्रयोग गर्ने भन्ने आफ्नो मोडेलको पनि प्रयोग गरिनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण