बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कैलाली अधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन

बुधबार, ०९ फागुन २०८०, १९ : २२
बुधबार, ०९ फागुन २०८०

धनगढी । नेकपा एमाले कैलालीको जारी अधिवेशनमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी,  डेजी पाण्डेको उम्मेदवारी परेको हो ।  अध्यक्षमा उम्मेदवारी दर्ता गराएपनि कमलसिंह रानाले फिर्ता लिएका छन् ।

उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाही रहेका छन् ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी रहेका छन् ।

उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप  खड्का, चक्र बहादुर विष्ट, भुवन रिजाल रहेका छन् । त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गा कुमारी चौधरी, शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् ।

भोलि बिहीबार मतदान हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप