बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कैलालीको सचिवमा विष्णु चन्दको उम्मेदवारी

बुधबार, ०९ फागुन २०८०, २१ : २९
बुधबार, ०९ फागुन २०८०

धनगढी । नेकपा एमाले कैलालीको सचिवमा विष्णु चन्दले उम्मेदवारी दिएका छन् । एमाले कैलालीको सचिवमा चन्दले उम्मेदवारी दर्ता गराएका हुन् ।  

चन्दले आफू बलियो उम्मेदवार भएको दाबी गरेका छन् । उनले लामो समयदेखि ग्रासरुटमा काम गरेको र ३ कार्यकाल जिल्ला कमिटी सदस्य, २ कार्यकाल जिल्ला सचिवालय सदस्य भएपनि महत्त्वपूर्ण जिम्मेवारी हालसम्म नपाएकोले आफ्नो दाबी रहेको बताए ।

अनेरास्ववियुको क्याम्पसको इकाई कमिटीदेखि केन्द्रीय सदस्य हुँदै सेती अञ्चल इन्चार्ज भइसकेका चन्द नेपाल खेलकुद महासंघको केन्द्रीय सचिव छन् । फागुन ६ गते उद्घाटन भएको अधिवेशन अन्तर्गत भोलि (बिहीबार) मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

चन्दसँग दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरीले पनि सचिवमा उम्मेदवारी दिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप