एमाले कैलालीको सचिवमा विष्णु चन्दको उम्मेदवारी
बुधबार, ०९ फागुन २०८०, २१ : २९
धनगढी । नेकपा एमाले कैलालीको सचिवमा विष्णु चन्दले उम्मेदवारी दिएका छन् । एमाले कैलालीको सचिवमा चन्दले उम्मेदवारी दर्ता गराएका हुन् ।
चन्दले आफू बलियो उम्मेदवार भएको दाबी गरेका छन् । उनले लामो समयदेखि ग्रासरुटमा काम गरेको र ३ कार्यकाल जिल्ला कमिटी सदस्य, २ कार्यकाल जिल्ला सचिवालय सदस्य भएपनि महत्त्वपूर्ण जिम्मेवारी हालसम्म नपाएकोले आफ्नो दाबी रहेको बताए ।
अनेरास्ववियुको क्याम्पसको इकाई कमिटीदेखि केन्द्रीय सदस्य हुँदै सेती अञ्चल इन्चार्ज भइसकेका चन्द नेपाल खेलकुद महासंघको केन्द्रीय सचिव छन् । फागुन ६ गते उद्घाटन भएको अधिवेशन अन्तर्गत भोलि (बिहीबार) मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
चन्दसँग दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरीले पनि सचिवमा उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण