आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एक्सको खाता ब्लक गराउँदै भारत सरकार

बिहीबार, १० फागुन २०८०, ११ : ०३
बिहीबार, १० फागुन २०८०

नयाँ दिल्ली । भारत सरकारले माइक्रो ब्लगिङ वेबसाइट एक्सलाई केही खाता ब्लक गर्न निर्देशन दिएको थियो । तर, एक्सले यसप्रति असहमतिका बिच केही खातालाई ब्लक वा निलम्बन गर्न थालेको छ ।

मानिसहरूलाई बोल्ने स्वतन्त्रता हुनु पर्ने एक्सको ग्लोबल गभर्नमेन्ट टिमले एक पोस्टमार्फत जानकारी दिएको छ । ‘भारत सरकारले निर्देशन जारी गरेको छ, जसमा एक्सका केही खाता र पोष्टमाथि कारबाहीको कुरा गरिएको छ । निर्देशनको अनुपालनमा हामीले यी खाता र पोस्ट भारतमा मात्र ब्लक गर्नेछौँ । यद्यपि, यी कारबाहीसँग हामी असहमत छौं ।’ कानुनी प्रतिबन्धका कारण एक्सले कार्यकारी निर्देशनहरू सार्वजनिक भने गरेको छैन । 

पारदर्शिता कायम गर्न यसलाई सार्वजनिक गर्न आवश्यक भएको बताइएको छ । भारत सरकारले विवादित वा सामाजिक सौहार्द बिगार्ने डर भएका सामाजिक सञ्जालका खाताहरूलाई ब्लक गर्न निर्देशन दिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप