एक्सको खाता ब्लक गराउँदै भारत सरकार
नयाँ दिल्ली । भारत सरकारले माइक्रो ब्लगिङ वेबसाइट एक्सलाई केही खाता ब्लक गर्न निर्देशन दिएको थियो । तर, एक्सले यसप्रति असहमतिका बिच केही खातालाई ब्लक वा निलम्बन गर्न थालेको छ ।
मानिसहरूलाई बोल्ने स्वतन्त्रता हुनु पर्ने एक्सको ग्लोबल गभर्नमेन्ट टिमले एक पोस्टमार्फत जानकारी दिएको छ । ‘भारत सरकारले निर्देशन जारी गरेको छ, जसमा एक्सका केही खाता र पोष्टमाथि कारबाहीको कुरा गरिएको छ । निर्देशनको अनुपालनमा हामीले यी खाता र पोस्ट भारतमा मात्र ब्लक गर्नेछौँ । यद्यपि, यी कारबाहीसँग हामी असहमत छौं ।’ कानुनी प्रतिबन्धका कारण एक्सले कार्यकारी निर्देशनहरू सार्वजनिक भने गरेको छैन ।
पारदर्शिता कायम गर्न यसलाई सार्वजनिक गर्न आवश्यक भएको बताइएको छ । भारत सरकारले विवादित वा सामाजिक सौहार्द बिगार्ने डर भएका सामाजिक सञ्जालका खाताहरूलाई ब्लक गर्न निर्देशन दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण