सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दुबईमा समस्यामा परेका श्रमिकको उद्धार

बिहीबार, १० फागुन २०८०, १६ : ४७
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । वैदेशिक रोजगारीका लागि दुबई पुगेका एक नेपालीको उद्धार गरी स्वदेश पठाइएको छ । दुबईको एक कम्पनीमा काम गर्दै आएका महोत्तरीका चन्दन कुशवाहाको उद्धार गरी नेपाल पठाइएको हो । सम्झौता अनुसार तलब नदिएको, बढी समय काम लगाउन थालेपछि उनी स्वदेश फर्किन चाहेका थिए । तर, कम्पनीले उनलाई स्वदेश फर्किन दिएको थिएन ।

गैरआवासीय मधेसी संघको पहलमा उनको उद्धार गरी नेपाल पठाइएको हो । उनले काम गर्ने कम्पनी र नेपाली राजदूतावाससँगको समन्वयमा उद्धार गरी नेपाल पठाइएको गैर आवासीय मधेसी संघ अन्तर्राष्ट्रिय समिति उपाध्यक्ष एवं युएई समितिका सह–अध्यक्ष सदाम अंसारीले बताए ।

स्वदेश फर्किन चाहेका कुशवाहालाई कम्पनीले घर फर्किन दिएको थिएन । कम्पनीले काम देखिएको समस्या समाधान गर्दै काममा फर्काइएको बताएको थियो । गैर आवासीय मधेसी संघले दुबईमा रहेका नेपाली श्रमिकहरूका समस्या समाधान केन्द्रित बन्दै आएको छ । उसले समस्यामा परेका श्रमिकहरूको उद्धारका लागि समन्वय गर्ने, आर्थिक सहायता प्रदान गर्ने जस्ता काम गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप