दुबईमा समस्यामा परेका श्रमिकको उद्धार
काठमाडौँ । वैदेशिक रोजगारीका लागि दुबई पुगेका एक नेपालीको उद्धार गरी स्वदेश पठाइएको छ । दुबईको एक कम्पनीमा काम गर्दै आएका महोत्तरीका चन्दन कुशवाहाको उद्धार गरी नेपाल पठाइएको हो । सम्झौता अनुसार तलब नदिएको, बढी समय काम लगाउन थालेपछि उनी स्वदेश फर्किन चाहेका थिए । तर, कम्पनीले उनलाई स्वदेश फर्किन दिएको थिएन ।
गैरआवासीय मधेसी संघको पहलमा उनको उद्धार गरी नेपाल पठाइएको हो । उनले काम गर्ने कम्पनी र नेपाली राजदूतावाससँगको समन्वयमा उद्धार गरी नेपाल पठाइएको गैर आवासीय मधेसी संघ अन्तर्राष्ट्रिय समिति उपाध्यक्ष एवं युएई समितिका सह–अध्यक्ष सदाम अंसारीले बताए ।
स्वदेश फर्किन चाहेका कुशवाहालाई कम्पनीले घर फर्किन दिएको थिएन । कम्पनीले काम देखिएको समस्या समाधान गर्दै काममा फर्काइएको बताएको थियो । गैर आवासीय मधेसी संघले दुबईमा रहेका नेपाली श्रमिकहरूका समस्या समाधान केन्द्रित बन्दै आएको छ । उसले समस्यामा परेका श्रमिकहरूको उद्धारका लागि समन्वय गर्ने, आर्थिक सहायता प्रदान गर्ने जस्ता काम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण