राष्ट्र बैंकले बढायो संस्थागत मुद्दती निक्षेपलाई दिने ब्याजको सीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले संस्थागत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरको सीमा बढाएको छ । मौद्रिक नीतिको कार्यान्वयनका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दै संस्थागत मुद्दती निक्षेप खातामा दिने ब्याजदरको सीमा बढाएको हो ।
यसअघि संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर सर्वसाधारणलाई मुद्दतीमा प्रदान गर्ने ब्याजभन्दा २ प्रतिशतले न्यून हुनुपर्ने व्यवस्था थियो । यो व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले सर्वसाधारणको मुद्दती निक्षेपमा दिनेभन्दा १ प्रतिशत बिन्दुले मात्रै कम हुनुपर्ने व्यवस्था गरेको हो ।
यस्तै, बोलकबोलको आधारमा सङ्कलन हुने मुद्दती निक्षेप (स्वेदशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी निक्षेप सङ्कलन गर्नुपर्ने व्यवस्था हटाइएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका लागि भन्दै यो सर्कुलर जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण