आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले बढायो संस्थागत मुद्दती निक्षेपलाई दिने ब्याजको सीमा

बिहीबार, १० फागुन २०८०, १७ : ०४
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले संस्थागत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरको सीमा बढाएको छ । मौद्रिक नीतिको कार्यान्वयनका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दै संस्थागत मुद्दती निक्षेप खातामा दिने ब्याजदरको सीमा बढाएको हो ।

यसअघि संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर सर्वसाधारणलाई मुद्दतीमा प्रदान गर्ने ब्याजभन्दा २ प्रतिशतले न्यून हुनुपर्ने व्यवस्था थियो । यो व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले सर्वसाधारणको मुद्दती निक्षेपमा दिनेभन्दा १ प्रतिशत बिन्दुले मात्रै कम हुनुपर्ने व्यवस्था गरेको हो ।

यस्तै, बोलकबोलको आधारमा सङ्कलन हुने मुद्दती निक्षेप (स्वेदशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी निक्षेप सङ्कलन गर्नुपर्ने व्यवस्था हटाइएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका लागि भन्दै यो सर्कुलर जारी गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप