गण्डकीका साढे २ लाखभन्दा बढी बालबालिकालाई दादुरा रुवेलाको खोप दिइने
पोखरा । गण्डकी प्रदेशका २ लाखभन्दा बढी बालबालिकालाई दादुरा र रुवेला विरुद्धको खोप दिइने भएको छ । प्रदेशका सबै जिल्लामा २ लाख ५३ हजार ३६ बालबालिकालाई यसपालिको अभियानमा खोप लगाउने तयारी गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
सबैभन्दा बढी नवलपुरका मात्रै १ लाख २२ हजार बालबालिकालाई खोप दिइनेछ । ९ महिना पूरा गरेका र ५ वर्ष उमेर समूहका सबै बालबालिकालाई दादुरा रुबेलाको खोप दिने निमित्त स्वास्थ्य निर्देशक हेमन्त शर्माले जानकारी दिए । नियमित खोप लगाउन छुट भएका ५ वर्षमुनिका बालबालिकालाई छुटेको खोपको मात्रा समेत दिइने उनले बताए ।
नवलपुरमा भने ९ महिना पूरा भएका र १५ वर्षमुनिका सबै बालबालिकालाई खोप दिने योजना छ । प्रदेशभरि २ हजार ८ सय ८९ खोप सेसन चल्नेछ । त्यतिकै संख्यामा स्वास्थ्यकर्मी खटिनेछन् । ५ हजार ७ सय ७८ स्वास्थ्य स्वयंसेविका परिचालित हुने शर्माले जानकारी दिए । ‘अरु प्रदेशमा ५ वर्ष मुनिका र नवलपुरमा १५ वर्ष मुनिका बालबालिकालाई खोप दिने कार्यक्रम छ,’ उनले भने, ‘कुनै पनि बालबालिकाहरु खोप कार्यक्रमबाट वञ्चित हुन नपरोस् भनेर सजगता अपनाएका छौँ ।’
मनाङ र मुस्ताङमा भने अर्को चरणमा छुट्टै अभियान चल्नेछ । नेपालमा सन् २००४ देखि हरेक ४ वर्षको अन्तरालमा दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुँदै आइरहेको छ । गण्डकीबाटै दादुरा रुवेला घोषणा गरिएको थियो । तर अहिले तनहुँको शुक्लागण्डकीमा यस्ता बिरामी भेटिएका छन् । यो वर्षमात्रै देशभरका १८ जिल्लामा दादुरा रुबेलाको महामहरी फैलिएको थियो । १ हजार ३ सय भन्दा बढी प्रभावित भएका थिए । गण्डकी प्रदेशमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रकोप देखिएको थियो ।
शुक्लागण्डकीका ३ जना दादुरा रुबेलाबाट संक्रमित भएको पालिकाले जनाएको छ । तीनैजना निको भैसकेका छन् । विश्व स्वास्थ्य संगठन गण्डकीका मेडिकल अफिसर डा। रामु शर्माले दादुरा रुबेलाको खोपको अभियान नियमित चलाएपनि १६ प्रतिशत छुटेका बताए । ‘नियमित खोप अभियानमा ८४ प्रतिशतले मात्रै लगाएका छन् । १६ प्रतिशत छुटेका छन्,’ उनले भने, ‘अहिलेको अभियानमा ९५ प्रतिशत पु¥याउने लक्ष्य छ ।’ फागुन १३ गतेदेखि अभियान सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण