शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लेखकको प्रस्ताव : सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुंग्याऔं

शुक्रबार, ११ फागुन २०८०, १२ : १६
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुङ्गोमा पुर्याउन कानून, न्याय तथा मानव अधिकार समितिलाई आग्रह गरेका छन् । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको शुक्रवार बसेको बैठकमा उनले पीडित, नागरिक समाज र सञ्चारमाध्यमको दबाबलाई समेत ख्याल गरेर यो विधेयक फागुन १९ गते भित्र टुङ्गो लगाई सक्नुपर्ने प्रस्ताव गरेका हुन् ।

प्रमुख सचेतक लेखकले सो विधेयकमा १÷२ विषय मात्रै सहमति हुन बाँकी रहेकाले एक पटक बैठकमा छलफल गरी टुङ्ग्याउने प्रयास गर्ने र नभए त्यसलाई संसद्को पूर्ण बैठकले टुङ्गो लगाउने गरी संसद्मा पठाउन ढिलाइ गर्न नहुने बताए ।

‘पीडितहरूको पीडाको विषय छ । त्यसैले सङ्क्रमणकालीन न्यायका बारेमा एउटा तिथि मिति तोकिदिऊ’, उनले भने, ‘धेरै कुरामा असहमति हुने कुरा देख्दिनँ म’, उनले भने, ‘एउटा मिति तोकौँ । त्यो मिति फागुन १५ गते पनि हुन सक्छ । अलि बढी चाहियो भने पनि १८, १९ गते भन्दा उता नजाने गरी मिति तोकाै‌ ।’

उनले अब पनि सहमति नभए प्रक्रियामा लगेर भएपनि टुङ्ग्याउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप