शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अगस्ट १ देखि जीमेल बन्द हुन लागेको हो ?

आइतबार, १३ फागुन २०८०, १० : ३५
आइतबार, १३ फागुन २०८०

काठमाडौं । कयौं सामाजिक सञ्जालहरूमा एउटा स्क्रिनशट तीव्र रूपमा भाइरल भइरहेको छ । स्क्रिनशटका अनुसार अगस्ट १ सम्म गुगलको लोकप्रिय इमेल सेवा जीमेल बन्द गर्ने भनिएको थियो ।

गुगलले शुक्रबार जीमेल बन्द नगर्ने स्पष्ट पारेको छ । गुगलको यो जवाफ सामाजिक सञ्जालहरूमा यो वर्षको अन्त्यसम्ममा जीमेल बन्द गरिनेछ भन्ने अफवाह चलेपछि आएको हो । सामाजिक सञ्जालहरूमा भाइरल भएको यो स्क्रिनशट नक्कली थियो । यसमा जीमेलका तर्फबाट प्रयोगकर्ताहरूलाई अगस्ट १ देखि जीमेल बन्द गरिनेछ भनिएको थियो । इमेलमा यो पनि दाबी गरिएको छ कि अगस्टपछि जीमेलमा इमेलहरू पठाउन, प्राप्त गर्न र भण्डारणलाई सपोर्ट गर्न सक्ने छैन ।

भाइरल भइरहेको स्क्रिनसटमा यस्तो लेखिएको छ, ‘वर्षौँसम्म विश्वभरका लाखौं मानिसहरूलाई जोडेर राखेको, सिमलेस कम्युनिकेसनलाई सक्षम बनाएको र अनगिन्ती कनेक्शनहरूलाई बढावा दिएपछि जीमेलको यात्रा समाप्त हुँदै छ । २०२४ को अगस्ट १ देखि जीमेल आधिकारिक रूपमा बन्द हुनेछ । यसको मतलब हो कि जीमेलमा अब इमेलहरू पठाउन, प्राप्त गर्न वा भण्डारण गर्न सकिने छैन ।’

के भन्छ गुगल ?

यो नक्कली स्क्रिनसट एक्स (ट्विटर) र टिकटकमा दसौँ हजार पटक शेयर भएका थिए । गुगलले आफ्नो एआई इमेज टुल जेमिनीको आलोचना खेपेपछि यो कदम उठाइएको दाबी गरिएको छ । झुठो इमेल इन्टरनेटमा भाइरल भएपछि जीमेलले एक्समा आफ्नो आधिकारिक ह्यान्डलबाट जीमेल अहिले बन्द नहुने बताएको थियो ।

यो वर्ष गूगलले जीमेलको एचटीएमएल भर्जनलाई भने बन्द गरेको छ । कम्पनीले २०२४ को जनवरीदेखि जीमेलको उक्त भर्जन बन्द भइसकेको बताइएको छ । स्ट्यान्डर्ड इमेल राम्ररी काम गरिरहेको छ । जीमेलको एचटीएमएल भर्जन कम नेटवर्क भएको स्थानमा ई–मेलमा पहुँचका लागि काम आइरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप