अगस्ट १ देखि जीमेल बन्द हुन लागेको हो ?
काठमाडौं । कयौं सामाजिक सञ्जालहरूमा एउटा स्क्रिनशट तीव्र रूपमा भाइरल भइरहेको छ । स्क्रिनशटका अनुसार अगस्ट १ सम्म गुगलको लोकप्रिय इमेल सेवा जीमेल बन्द गर्ने भनिएको थियो ।
गुगलले शुक्रबार जीमेल बन्द नगर्ने स्पष्ट पारेको छ । गुगलको यो जवाफ सामाजिक सञ्जालहरूमा यो वर्षको अन्त्यसम्ममा जीमेल बन्द गरिनेछ भन्ने अफवाह चलेपछि आएको हो । सामाजिक सञ्जालहरूमा भाइरल भएको यो स्क्रिनशट नक्कली थियो । यसमा जीमेलका तर्फबाट प्रयोगकर्ताहरूलाई अगस्ट १ देखि जीमेल बन्द गरिनेछ भनिएको थियो । इमेलमा यो पनि दाबी गरिएको छ कि अगस्टपछि जीमेलमा इमेलहरू पठाउन, प्राप्त गर्न र भण्डारणलाई सपोर्ट गर्न सक्ने छैन ।
भाइरल भइरहेको स्क्रिनसटमा यस्तो लेखिएको छ, ‘वर्षौँसम्म विश्वभरका लाखौं मानिसहरूलाई जोडेर राखेको, सिमलेस कम्युनिकेसनलाई सक्षम बनाएको र अनगिन्ती कनेक्शनहरूलाई बढावा दिएपछि जीमेलको यात्रा समाप्त हुँदै छ । २०२४ को अगस्ट १ देखि जीमेल आधिकारिक रूपमा बन्द हुनेछ । यसको मतलब हो कि जीमेलमा अब इमेलहरू पठाउन, प्राप्त गर्न वा भण्डारण गर्न सकिने छैन ।’
के भन्छ गुगल ?
यो नक्कली स्क्रिनसट एक्स (ट्विटर) र टिकटकमा दसौँ हजार पटक शेयर भएका थिए । गुगलले आफ्नो एआई इमेज टुल जेमिनीको आलोचना खेपेपछि यो कदम उठाइएको दाबी गरिएको छ । झुठो इमेल इन्टरनेटमा भाइरल भएपछि जीमेलले एक्समा आफ्नो आधिकारिक ह्यान्डलबाट जीमेल अहिले बन्द नहुने बताएको थियो ।
यो वर्ष गूगलले जीमेलको एचटीएमएल भर्जनलाई भने बन्द गरेको छ । कम्पनीले २०२४ को जनवरीदेखि जीमेलको उक्त भर्जन बन्द भइसकेको बताइएको छ । स्ट्यान्डर्ड इमेल राम्ररी काम गरिरहेको छ । जीमेलको एचटीएमएल भर्जन कम नेटवर्क भएको स्थानमा ई–मेलमा पहुँचका लागि काम आइरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण