सुटिङ अघि नै समस्यामा कार्तिक आर्यनको ‘आशिकी–३’
नयाँ दिल्ली । कार्तिक आर्यन र तृप्ति डिम्रीको आगामी फिल्म ‘आशिकी ३’ फ्लोरमा जानुअघि नै समस्यामा घेरिएको छ । सुरुमा मेकरहरूले फिल्मको नाम ‘आशिकी ३’ बाट फेरेर ‘तू है आशिकी’ राखे । सामाजिक सञ्जालमा युजरहरूले यो फिल्म सन् १९८१ मा रिलिज भएको फिल्म ‘बसेरा’को रिमेक हुने भनिरहेका छन् । फिल्म ‘बसेरा’ का निर्माता रमेश बहल थिए ।
दिवङ्गत फिल्म निर्माताका परिवारले टी सिरिजको नाममा नोटिस जारी गरेको छ । जारी गरिएको सूचनामा टी सिरिजका मालिक भूषण कुमारलाई प्रश्न सोधिएको छ । तू है आशिकीको निर्देशन अनुराग बसुले गर्ने भएका छन् । आफ्नो अनुमतिबिना फिल्म बनाइएको भन्दै रमेश बहलका परिवारका सदस्यले नोटिस दिएको बताइएको छ ।
के छ नोटिसमा ?
‘बसेरा’को कुनै पनि कथानक, दृश्य, संवाद र चरित्र अनुमतिबिना प्रयोग गर्न पाइने छैन । हामीसँग यो फिल्मको कानुनी अधिकार छ ।’ जारी सूचनामा उल्लेख गरिएको छ । ‘तू है आशिकी’ को प्रोडक्सन टिमसँग सम्बन्धित एक व्यक्तिले भने यसलाई अफवाह भनेका छन् । निर्माण टोलीसँग सम्बन्धित एक व्यक्तिले भने– ‘हामीहरूले बसेराको रिमेक बनाउन लागेका होइनौँ र यो पूर्ण रूपमा निराधार अनि झुटो हो ।’ छिट्टै निर्माण टोलीले सूचनाको जवाफ दिने पनि उनले बताए ।
के थियो ‘बसेरा’ को कहानी ?
‘बसेरा’मा फरक फरक व्यक्तिसँग विवाह गरेका दुई व्यक्तिको कथा छ । दुःखद घटनापछि उनीहरूले एक अर्कासँग विवाह गर्न बाध्य हुन्छन् । कयौँ वर्ष एकसाथ बिताएपछि दुवैको विगत उनीहरूको सामुन्ने आउँछ । यस फिल्ममा शशी कपुर, रेखा, राखी, राज किरण र पुनम ढिल्लौंजस्ता कलाकारले काम गरेका थिए । यस फिल्मको रिमेक तमिल र कन्नड भाषामा पनि बनिसकेको छ । अहिले हिन्दीमा यसको रिमेक बनाउन लागिएको चर्चा छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण