यूपीमा पटका कारखानामा मर्नेको सङ्ख्या ८ पुग्यो, कयौँको हालत गम्भीर
आइतबार, १३ फागुन २०८०, १५ : ५८
कौशांबी । उत्तर प्रदेशको कौशांबी जिल्लाको एक पटका कारखानामा भीषण विस्फोट भएको छ । कारखानाबाट अहिलेसम्म ८ जनाको शव निकालिएको बताइएको छ । कयौँ मानिसहरू गम्भीर घाइते भएका छन् ।
कारखानामा लामो समयसम्म विस्फोटको आवाज आइरहेको सुनिएको समाचारहरू आएका थिए । आगलागी निभाउन दुघर्टनास्थलमा कयौँ दमकल समेत खडा थिए । कारखानाबाट उद्धारकर्मीहरूले १० जनालाई उद्धार गरेर बाहिर निकालेका थिए ।
अधिकांशको स्थिति गम्भीर भएको बताइएको छ । कारखानाभित्र अझै ८ जना फसेको बताइएको छ । कारखानामा विस्फोट आवाज परपरसम्म सुनिएको स्थानीयहरूले बताएका थिए । विस्फोट यति भयानक थियो कि कयौँ किलोमिटर परसम्म पटकाका टुक्रा उडेर पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण