आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

यूपीमा पटका कारखानामा मर्नेको सङ्ख्या ८ पुग्यो, कयौँको हालत गम्भीर

आइतबार, १३ फागुन २०८०, १५ : ५८
आइतबार, १३ फागुन २०८०

कौशांबी । उत्तर प्रदेशको कौशांबी जिल्लाको एक पटका कारखानामा भीषण विस्फोट भएको छ । कारखानाबाट अहिलेसम्म ८ जनाको शव निकालिएको बताइएको छ । कयौँ मानिसहरू गम्भीर घाइते भएका छन् ।

कारखानामा लामो समयसम्म विस्फोटको आवाज आइरहेको सुनिएको समाचारहरू आएका थिए । आगलागी निभाउन दुघर्टनास्थलमा कयौँ दमकल समेत खडा थिए । कारखानाबाट उद्धारकर्मीहरूले १० जनालाई उद्धार गरेर बाहिर निकालेका थिए ।

अधिकांशको स्थिति गम्भीर भएको बताइएको छ । कारखानाभित्र अझै ८ जना फसेको बताइएको छ । कारखानामा विस्फोट आवाज परपरसम्म सुनिएको स्थानीयहरूले बताएका थिए । विस्फोट यति भयानक थियो कि कयौँ किलोमिटर परसम्म पटकाका टुक्रा उडेर पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप