विमान ल्यान्ड हुने बेलामा लेजर बिमले पाइलटको आँखा तिर्मिराएपछि...
बैंगलुरु । बैंगलुरुबाट कोलकत्ता गइरहेको इन्डिगोको एउटा विमान ठुलो दुर्घटनाबाट जोगियो । इन्डिगोको फ्लाइट अवतरण हुनु भन्दा ठिक अघि पाइलटको आँखामा तेजिलो लेजर बिम ठोक्कियो । उज्यालोको कारण केही बेर पाइलटको आँखा तिर्मिरायो । उनले केही देखेनन् । उनी अक्क न बक्क भए ।
विमान कोलकत्ता विमानस्थलमा उत्रिनबाट केही किमी मात्रै पर थियो । विमानभित्र १६५ जना यात्री र ६ जना क्रू मेम्बर थिए । धावनमार्गमा ल्यान्ड हुन विमान तेज गतिमा तलतिर आउँदै गर्दा यो घटना भयो । घटना शुक्रबार साँझको थियो । केही बेरमै पाइलट सम्हालिए अनि कोलकत्ता एटसीलाई यसबारे सूचना दिए । विमान सुरक्षित रूपमा अवतरण भयो ।
लेजर बिमका कारण कुनै ठुलो दुर्घटना हुन पाएन । इन्डिगोले यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । यो यात्रीको सुरक्षाका लागि खतरनाक भएको कम्पनीको भनाई छ । यो मामिलामा कठोर कदम चाल्न कम्पनीले विधाननगर प्रहरीसँग अनुरोध गरेको छ । विमानस्थल आसपासको क्षेत्रमा यस्तो खालको बिम लाइट प्रतिबन्धित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण