सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

आइतबार, १३ फागुन २०८०, २२ : ०५
आइतबार, १३ फागुन २०८०

सुर्खेत । सुर्खेतको सिम्तामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल सवार वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २८ वर्षीय विजय राना रहेका छन्।

सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भ १ त ४५ नम्बरको ट्याक्टर सिम्ता गाउँपालिका–६, जामुनेबजारमा एक आपसमा ठोक्किएका थिए ।

रानाको घटनास्थलमै मृत्यू भएको हो भने मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१, ढोडेखालीका २३ वर्षीय रुपेश गिरीको अवस्था गम्भीर छ । उनको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ।
अस्थायी प्रहरी पोष्ट बादेपिपलका प्रहरी जवान वीरेन्द्र विकका अनुसार  ट्याक्टर चालक र साहू भने फरार रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप