आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक अमरापुरी शाखाद्वारा शैक्षिक सामाग्री वितरण

आइतबार, १३ फागुन २०८०, २२ : ०६
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले गैंडाकोट नगरपालिका १५ अमरापुरी, नवलपरासी पूर्वमा अवस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयकोे वार्षिक दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत कक्षा १ देखी कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री वितरण गरेको छ ।

कार्यक्रममा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत आर्थिक र सामाजिक रूपमा विपन्न पृष्ठभूमिका उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको हो । विद्यालयले शैक्षिक सामाग्री वितरणलाई एक उदाहरणीय रूपमा लिएर सहयोगको लागि शाखाप्रति कृतज्ञता समेत व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप