बजारमा नगद प्रवाह बढ्यो, ६ खर्ब ५२ अर्ब भन्दा बढी परिचालन
काठमाडौँ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म वित्तीय बजारमा २६ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी नगद प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा नगद प्रवाह ६ खर्ब ५२ अर्ब ६२ करोड ६१ लाख १९ हजार ८२७ रुपैयाँ पुगेको हो ।
२०८० असार मसान्तसम्म यस्तो प्रवाह ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ रहेको थियो । ७ महिनामा बजारमा क्यास सर्कुलेशन २६ अर्ब ८३ करोड ८२ लाख ४७ हजार २९७ रुपैयाँले बढेको छ ।
यसले पनि बजारमा तरलता सहज हुँदै गएको संकेत गर्छ । आर्थिक गतिविधि बढ्दा बजारमा नगद कारोबार बढ्ने हुँदा अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्छ ।
समीक्षा अवधिमा परिचालित नगद प्रवाह कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा १२.१२ प्रतिशत हो । केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार नेपालको पछिल्लो जीडीपीको आकार ५३ खर्ब ८१ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण