आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बजारमा नगद प्रवाह बढ्यो, ६ खर्ब ५२ अर्ब भन्दा बढी परिचालन

सोमबार, १४ फागुन २०८०, १० : ५३
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म वित्तीय बजारमा २६ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी नगद प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा नगद प्रवाह ६ खर्ब ५२ अर्ब ६२ करोड ६१ लाख १९ हजार ८२७ रुपैयाँ पुगेको हो । 

२०८० असार मसान्तसम्म यस्तो प्रवाह ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ रहेको थियो । ७ महिनामा बजारमा क्यास सर्कुलेशन २६ अर्ब ८३ करोड ८२ लाख ४७ हजार २९७ रुपैयाँले बढेको छ । 

यसले पनि बजारमा तरलता सहज हुँदै गएको संकेत गर्छ । आर्थिक गतिविधि बढ्दा बजारमा नगद कारोबार बढ्ने हुँदा अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्छ । 

समीक्षा अवधिमा परिचालित नगद प्रवाह कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा १२.१२ प्रतिशत हो । केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार नेपालको पछिल्लो जीडीपीको आकार ५३ खर्ब ८१ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप