सरकारी ढुकुटीमा १ खर्ब ११ अर्ब नगद मौज्दात
सोमबार, १४ फागुन २०८०, ११ : ०१
काठमाडौँ । केन्द्रीय बैंकले सरकारी ढुकुटीमा १ खर्ब ११ अर्ब बढी नगद मौज्दात रहेको जनाएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल १ खर्ब ११ अर्ब ३० करोड रुपैयाँ नगद रहेको बैंकले जनाएको हो ।
तथापि, यो नगद मौज्दात केन्द्रीय बैंक (संघीय सरकार), प्रदेश सरकार र स्थानीय तहको समेत हो ।
२०८० असार ३१ सम्ममा यस्तो नगद मौज्दात जम्मा ६० अर्ब रुपैयाँ मात्र रहेको थियो । समीक्षा अवधि (७ महिनामा) नगद मौज्दात ५१ अर्ब ३० करोड रुपैयाँले बढेको छ ।
तर, समीक्षा अवधिमा सरकारको सरप्लस मौज्दात भने घटेर १० अर्ब रुपैयाँमा झरेको छ । गत असार मसान्तसम्ममा २५ अर्ब रुपैयाँ बराबर रहेको सरकारी सरप्लस माघ मसान्तसम्मा १५ अर्ब रुपैयाँले घटेको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण