अख्तियारले डामेका र आयोगले पोलेकालाई झन्डा छोपेर घर पठाइदिऔँ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सत्तापक्ष र प्रतिपक्षबिच चलेको दोहोरीले संसद् राम्ररी चल्न नसकेको भन्दै अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरेका छन् ।
सोमबारको दोस्रो बैठकमा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका थापाले यही पाराले संसद् चल्न नसक्ने बताए ।
‘संसदमा दोहोरी चलिरहेको छ । यही पाराले न संसद् राम्ररी चल्ने भयो ? मूल विषय पनि छायामा पर्ने भयो’, थापाले सभामुखलाई आग्रह गर्दै भने, ‘अब यसो गर्न लगाऔँ । आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको,आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऔँ ।’
उनले सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई पनि संसदमा नराखेर घरै पठाइदिएर अनुसन्धान गर्न लगाउनुपर्ने बताए । ‘यति गर्न सके निर्दोष भए फर्किएर आउनुहोला, स्वागत पनि गरौला, यसरी सफा गर्न सके जमेर छलफल गर्न सकिन्थ्यो, हैन भने यो दोहोरी चलिरहने भयो’, थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण