मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मङ्गलबार, १५ फागुन २०८०, ११ : ०३
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको बजार भाउ तय गर्दै आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने गिरावट आएको जनाएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७५० रुपैयाँ कायम छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । महासंघले हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो ।

सुनको मूल्य स्थिर भए पनि चाँदीको मूल्य भने घटेको छ । आज १५ घटेसँगै चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप