आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘बादलभित्र..’ गीतको म्युजिक भिडियो सार्वजनिक

मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । ‘बादलभित्र..’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक–गायिका अन्जु पन्त र प्रताप दासको स्वर रहेको गीतको म्युजिक भिडियोमा दिनेश विष्ट र हिर शाहीले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको छायाँकन बागलुङको ढोरपाटन, पोखराको फेवाताल लगायत पर्यटकीय गन्तव्यमा गरिएको छ ।  विष्ट र शाहीको जोडी पछिल्लो समय जम्दै गएको छ । ‘मायाको खेलमा...’ गीतको म्युजिक भिडियोमा पनि उनीहरुको अभिनय थियो । 

विष्णु भण्डारीको शब्द रहेको ‘बादलभित्र’ मा अर्जुन पोखरलले संगीत भरेका हुन् भने एरेन्ज कुशल सिंहले गरेका हुन् । विक्रम चौहानको निर्देशन एवं रहेको म्युजिक भिडियोको छायाँकन प्रकाश खड्काले गरेका हुन् । सम्पादन र ग्राफिक डिजाइन लक्ष्मण चौहानको रहेको छ ।

निर्देशन एवं गायन क्षेत्रमा पनि रहेका विष्ट पछिल्लो समय अभिनयमा व्यस्त छन् ।

विष्टले यसअघि ‘राजारानी,’ ‘हाँसीहाँसी’, ‘माया खेलैमा’ लगायत गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । ‘मायाको खेलैमा’ गीतमा शान्ति श्री परियार र दिनेश विष्टको स्वर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया