चर्चित युट्युबर मिस्टरबिस्टले गरे विवाह
सारांश
- विश्वकै धेरै सब्सक्राइबर भएका युट्युबर मिस्टरबिस्ट (जिम्मी डोनाल्डसन)ले आफ्नी प्रेमिका थिया बुयसेनसँग विवाह गरेका छन् ।
- उनीहरूको विवाह ब्रिटिस भर्जिन आइल्यान्ड्सस्थित सर रिचर्ड ब्रान्सनको निजी टापु नेकर आइल्याण्डमा गोप्य र पारिवारिक वातावरणमा सम्पन्न भएको हो ।
- विवाह समारोहमा करिब ७० जना नजिकका परिवारका सदस्य र साथीभाइ सहभागी थिए र यसलाई सामाजिक सञ्जाल तथा युट्युबबाट टाढै राखिएको थियो ।
न्यूयोर्क । विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युबर मिस्टरबिस्ट (जिम्मी डोनाल्डसन)ले आफ्नी प्रेमिका थिया बुयसेनसँग विवाह गरेका छन् ।
उनीहरूको विवाह ब्रिटिस भर्जिन आइल्यान्ड्सस्थित सर रिचर्ड ब्रान्सनको निजी टापु नेकर आइल्याण्डमा निकै गोप्य र पारिवारिक वातावरणमा सम्पन्न भएको हो ।
२८ वर्षीय मिस्टरबिस्टले आफ्नो विवाहलाई सामाजिक सञ्जाल र युट्युबबाट टाढै राख्ने निर्णय गरेका थिए । विवाह समारोहमा नजिकका परिवारका सदस्य र साथीभाइ गरेर करिब ७० जना मात्र सहभागी थिए । विवाहको कुनै पनि भाग लाइभ स्ट्रिम गरिएन र युट्युबका लागि भिडियो पनि खिचिएन । समारोहको सम्झनाका लागि केवल एक पेशेवर विवाह फोटोग्राफरको व्यवस्था गरिएको थियो ।
विवाहअघि पाहुनाहरूले नेकर आइल्याण्डमा केही दिन बिताएका थिए । उनीहरूले काइटसर्फिङ, स्नोर्कलिङ तथा टापुको प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै समय बिताए। त्यसपछि परिवारका एक निकट मित्रले दुवैजनालाई वैवाहिक बन्धनमा बाँधेका थिए । दक्षिण अफ्रिकी गेमर, लेखिका तथा कन्टेन्ट क्रिएटर थिया बुयसेनले विशेष रूपमा तयार गरिएको निकोल र फेलिसिया कुट्योरले तयार पारेको विवाह पोशाक लगाएकी थिइन् । मिस्टरबिस्ट भने राल्फ लरेनको क्लासिक टक्सिडोमा देखिएका थिए ।
मिस्टरबिस्ट र थियाको पहिलो भेट सन् २०२२ मा दक्षिण अफ्रिकामा एक कमन फ्रेन्डमार्फत भएको थियो । त्यतिबेला मिस्टरबिस्ट त्यहाँ भ्रमणमा गएका थिए । दक्षिण अफ्रिकाबाट अमेरिका फर्किएपछि उनले एक्समार्फत थियालाई सन्देश पठाएका थिए र त्यसपछि उनीहरूको लामो दूरीको प्रेम सम्बन्ध सुरु भएको थियो ।
मिस्टरबिस्टले सन् २०२४ को क्रिसमसमा दुवै परिवारको उपस्थितिमा थियालाई विवाह प्रस्ताव गरेका थिए । इन्गेजमेन्टपछि नै मिस्टरबिस्टले आफ्नो विवाह अत्यन्त निजी राख्ने इच्छा व्यक्त गरेका थिए । उनले त्यसबेला भनेका थिए, ‘यो समारोह परिवार र नजिकका साथीभाइबीच मात्रै हुनेछ । केही समय सामाजिक सञ्जालबाट टाढा बसेर सबैसँग रमाइलो गर्न चाहन्छु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण