एकीकृत समाजवादी नवलपुरका अध्यक्ष एमालेमा प्रवेश
पोखरा । नेकपा एकीकृत समाजवादी नवलपुरका अध्यक्षसहितको टोली नेकपा एमालेमा प्रवेश भएको छ । एमाले नवलपुर कार्यालयमा केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
अध्यक्ष झविलाल राना, प्रदेश सचिवालय सदस्य श्याम प्रसाद भुर्तेल र खगराज कँडेल, जिल्ला कमिटी उपाध्यक्ष प्रेमनारायण पाण्डे, उपसचिव गोविन्द सुनार, हुमकान्त पराजुली तथा हुप्सेकोट गाउँपालिका र देवचुली नगरपालिका कार्यसमितिका अधिकांश एमालेमा प्रवेश गरेका हुन् ।
यस्तै, नेकपा माओवादी जिल्ला सदस्य तुलसी अर्याल, नेताहरु डनु गिरी, टिकाराम पाण्डे लगायत नेताहरु पनि एमाले प्रवेश गरेका एमाले नवलपुरले जनाएको छ । एमाले प्रवेश गर्नेहरुले पार्टी विभाजनको औचित्य पुष्टि हुन नसकेको बताएका छन् । उपमहासचिव गुरुङले एमाले प्रवेश गरेकाहरुलाई पार्टीले उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण