सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री तथा पूर्व सांसद जयाप्रदा ‘फरार’ घोषित

बुधबार, १६ फागुन २०८०, ०७ : ५२
बुधबार, १६ फागुन २०८०

मुम्बई । अभिनेत्री तथा पूर्व सांसद जयाप्रदालाई अदालतले मंगलबार ‘फरार’ घोषित गरेको छ । सन् २०१९ को लोकसभाको चुनावको समयमा भाजपाकी प्रत्याशी रहेकी जयामाथि चुनावको समयमा आचारसंहिताको दुई मामला रामपुरमा दर्ता भएको थियो ।

जयाको यो मामलाको सुनुवाइ रामपुरको एमपी–एमएलए स्पेशल कोर्टमा चलिरहेको छ । जयालाई अदालतले कैयौँ पटक सूचना जारी गर्दाको बाबजुद पछिल्लो पटक अदालतले कैयौँ तारिख दिए पनि उनी अदालतमा उपस्थित भएकी थिइनन् । यसबाहेक उनीमाथि वारेन्ट र जमानती वारेन्ट पनि जारी गरिएको थियो । तर उनी अदालतमा उपस्थित भइनन् । यही कारण उनलाई अदालतले ‘फरार’ घोषित गरेको हो ।

अदालतले जयाविरुद्ध ८२ सीआरपीसीको कारवाही गर्दै पुलिस अधीक्षकको एक डिप्टी एसपीको अगुमाईमा टिक बनाएर ६ मार्च २०२४मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

रामपुरका वरिष्ठ अभियोजन अधिकारी अमरनाथ तिवारीका अनुसार सन् २०१९ मा जयाविरुद्ध केमरी र स्वार थानामा आचारसंहिता उल्लङ्घनका दुई मामला दर्ता भएका थिए । प्रहरीले चार्जशीट कोर्टमा उजुरी दर्ता गराएको थियो । स्वारमा दर्ता भएको मामलामा बयान लिइसकिएको छ । केमरीको मामलामा भने जया अदालतमा उपस्थित नभएपछि बयान लिन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप