अभिनेत्री तथा पूर्व सांसद जयाप्रदा ‘फरार’ घोषित
मुम्बई । अभिनेत्री तथा पूर्व सांसद जयाप्रदालाई अदालतले मंगलबार ‘फरार’ घोषित गरेको छ । सन् २०१९ को लोकसभाको चुनावको समयमा भाजपाकी प्रत्याशी रहेकी जयामाथि चुनावको समयमा आचारसंहिताको दुई मामला रामपुरमा दर्ता भएको थियो ।
जयाको यो मामलाको सुनुवाइ रामपुरको एमपी–एमएलए स्पेशल कोर्टमा चलिरहेको छ । जयालाई अदालतले कैयौँ पटक सूचना जारी गर्दाको बाबजुद पछिल्लो पटक अदालतले कैयौँ तारिख दिए पनि उनी अदालतमा उपस्थित भएकी थिइनन् । यसबाहेक उनीमाथि वारेन्ट र जमानती वारेन्ट पनि जारी गरिएको थियो । तर उनी अदालतमा उपस्थित भइनन् । यही कारण उनलाई अदालतले ‘फरार’ घोषित गरेको हो ।
अदालतले जयाविरुद्ध ८२ सीआरपीसीको कारवाही गर्दै पुलिस अधीक्षकको एक डिप्टी एसपीको अगुमाईमा टिक बनाएर ६ मार्च २०२४मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
रामपुरका वरिष्ठ अभियोजन अधिकारी अमरनाथ तिवारीका अनुसार सन् २०१९ मा जयाविरुद्ध केमरी र स्वार थानामा आचारसंहिता उल्लङ्घनका दुई मामला दर्ता भएका थिए । प्रहरीले चार्जशीट कोर्टमा उजुरी दर्ता गराएको थियो । स्वारमा दर्ता भएको मामलामा बयान लिइसकिएको छ । केमरीको मामलामा भने जया अदालतमा उपस्थित नभएपछि बयान लिन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण