बढ्यो सुनको आयात, ७ महिनामा १२ अर्ब ५८ करोडको भित्रियो
काठमाडौँ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० को ७ महिनाको तुलनामा चालू वर्षको सोही अवधिमा सुनको आयात बढेको देखिएको छ ।
चालु आर्थिक वर्षको ७ महिनामा १२ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबरको सुन भित्रिएको छ । गत वर्षको सोही अवधिमा १२ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको सुन भित्रिएको थियो ।
चालू वर्षको ६ महिनासम्मको अवधिमा गत वर्षको तुलनामा सुन आयात सुस्त थियो । तर, ७ औँ महिनामा आइपुगेर गत वर्षको तुलनामा आयात बढ्न थालेको विभागको भनाइ छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विदेशबाट १० अर्ब ८५ करोड रुपैयाँ बराबरको सुन भित्रिएको थियो । जबकि, गत वर्षको सोही ६ महिनाकै अवधिमा १० अर्ब ९५ करोड रुपैयाँ बराबरको सुन आयात भएको तथ्यांक छ ।
नेपालमा व्यवसायीक प्रयोजनका लागि सुनको आयात गर्ने अधिकार वाणिज्य बैंकलाई मात्रै छ । यस्तै बैंकले आयात गर्ने सुनको कोटा केन्द्रीय बैंकले तोक्ने प्रावधान छ । कोरोना महामारीका कारण विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सुन आयातको कोटा घटाइएको थियो ।
सबैजसो बस्तुको आयातमा प्रतिबन्ध लगाए पनि सुनको आयात भने दैनिक २० किलोग्रामबाट घटाएर १० किलोग्राममा ल्याइएको थियो । तर गत वर्ष २०७९ सालको असोज महिनादेखि भने नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा २० किलोग्राम नै बनाएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा सुनको मूल्य प्रतितोला १ लाख १८ हजारको हाराहारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण