भाजपा भारतको सबैभन्दा धनी पार्टी
नयाँ दिल्ली । एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर) को प्रतिवेदनका अनुसार छ वटा राजनीतिक दलले आर्थिक वर्ष २०२२-२३ को आम्दानी घोषणा गरेका छन् । यसमा दलहरूको कूल आमदानी ३०७७ करोड भारतीय रुपैयाँ रहेको उल्लेख छ ।
जसमध्ये भारतीय जनता पार्टी (भाजपा) को मात्रै आम्दानी करिब २३६१ करोड भारतीय रुपैयाँ छ। एडीआरका अनुसार आर्थिक वर्ष २०२२-२३ मा छवटा राष्ट्रिय दलहरूको कुल आयको ७६.७ प्रतिशत हिस्सा भाजपासँग छ ।
कंग्रेसले ४५२.३७५ करोड रुपैयाँको आम्दानी घोषणा गरेको छ जुन यस सूचीमा दोस्रो स्थानमा छ। यो रकम छ दलको कुल आम्दानीको १४.७० प्रतिशत हो । कंग्रेसबाहेक बीएसपी, आम आदमी पार्टी, नेशनल पिपुल्स पार्टी र सीपीआई (एम) ले आफ्नो आय घोषणा गरेका छन्।
एनडीआरका अनुसार आर्थिक वर्ष २०२१-२२ र २०२२-२३ को बिचमा भाजपाको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। २०२१-२२ मा पार्टीको आम्दानी १९१७.१२ करोड थियो, जुन २०२२-२३ मा बढेर २३६०.८४४ करोड पुगेको छ।
त्यसैगरी, आम आदमी पार्टीको आम्दानी २०२१-२२ मा ४४.५३ करोड रुपैयाँबाट बढेर २०२२-२३ मा ८५.१७ करोड रुपैयाँ पुगेको छ, जुन ९१.२३ प्रतिशतले बढेको हो।
कंग्रेसले आफ्नो आम्दानी ४५२.३७५ करोड रहेको तर कूल खर्च ४६७.१३५ करोड रहेको बताएको छ । त्यस्तै भाजपाले २०२२-२३ मा आफ्नो आय २३६०.८४४ करोड रुपैयाँ रहँदा खर्च १३६१.६८४ करोड रुपैयाँ भएको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण