दस्ताबेज लेख्न एकीकृत समाजवादीमा कार्य विभाजन
बिहीबार, १७ फागुन २०८०, १९ : २९
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा पेस गर्ने दस्ताबेज लेखनको संयोजनका लागि चार नेताबिच कार्य विभाजन गरेको छ ।
बिहीबार सम्पन्न दस्ताबेज मस्यौदा कमिटीको बैठकले दस्ताबेज मस्यौदा लेखको संयोजनका लागि कार्य विभाजन गरेको हो । महासचिव घनश्याम भुसालका अनुसार अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा. बेदुराम भुसालले पार्टी विधान र महासचिव भुसालले सङ्गठनात्मक प्रस्ताव लेखनको संयोजन गर्ने गरी कार्य विभाजन भएको छ । त्यसका आवश्यकताअनुसार अन्य नेताहरूको समेत सहयोग लिन सक्नेछन् । सबै दस्ताबेजका मस्यौदामाथि छलफल गर्न फागुन २७ गते बैठक बस्ने छ । चार वटै दस्ताबेजलाई एकीकृत गरेर महाधिवेशनमा एउटै दस्ताबेज लैजाने सो पार्टीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण