सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दस्ताबेज लेख्न एकीकृत समाजवादीमा कार्य विभाजन

बिहीबार, १७ फागुन २०८०, १९ : २९
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा पेस गर्ने दस्ताबेज लेखनको संयोजनका लागि चार नेताबिच कार्य विभाजन गरेको छ ।

 बिहीबार सम्पन्न दस्ताबेज मस्यौदा कमिटीको बैठकले दस्ताबेज मस्यौदा लेखको संयोजनका लागि कार्य विभाजन गरेको हो । महासचिव घनश्याम भुसालका अनुसार अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा. बेदुराम भुसालले पार्टी विधान र महासचिव भुसालले सङ्गठनात्मक प्रस्ताव लेखनको संयोजन गर्ने गरी कार्य विभाजन भएको छ । त्यसका आवश्यकताअनुसार अन्य नेताहरूको समेत सहयोग लिन सक्नेछन् । सबै दस्ताबेजका मस्यौदामाथि छलफल गर्न फागुन २७ गते बैठक बस्ने छ । चार वटै दस्ताबेजलाई एकीकृत गरेर महाधिवेशनमा एउटै दस्ताबेज लैजाने सो पार्टीको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप