‘मेडिकल’ उपकरण निर्माणमा सहयोग गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा नै मेडिकल उपकरण निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको आयोजनामा बिहीबारदेखि भुकृटीमण्डमा सुरु भएको सातौँ नेपाल मेडिकल एक्स्पोको उद्घाटन गर्दै उनले स्वदेशमा नै ‘मेडिकल’ उपकरण उत्पादन गर्न सरकारले सहयोग गर्ने बताएका हुन् ।
मन्त्री श्रेष्ठले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सके बिदेसिनबाट जोगिने भन्दै नयाँ प्रविधिको प्रयोगले बिरामीको उपचारमा सहयोग पुग्ने बताए । उनले एक्स्पाको माध्यमबाट नेपालको स्वास्थ्य क्षेत्रमा योगदान हुने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन नेपाली व्यवसायीको आत्मविश्वास बढाउनुपर्नेमा जोड दिए ।
रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपाल (केमसान) का अध्यक्ष भक्त हमालले नेपाल र भारतबिचको खुला सिमानाका कारण गुणस्तरहीन स्वास्थ्य सामाग्री मुलुकमा आइरहेकोले त्यसलाई रोक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण