सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मेडिकल’ उपकरण निर्माणमा सहयोग गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

बिहीबार, १७ फागुन २०८०, २१ : ३७
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा नै मेडिकल उपकरण निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको आयोजनामा बिहीबारदेखि भुकृटीमण्डमा सुरु भएको सातौँ नेपाल मेडिकल एक्स्पोको उद्घाटन गर्दै उनले स्वदेशमा नै ‘मेडिकल’ उपकरण उत्पादन गर्न सरकारले सहयोग गर्ने बताएका हुन् । 

मन्त्री श्रेष्ठले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सके बिदेसिनबाट जोगिने भन्दै नयाँ प्रविधिको प्रयोगले बिरामीको उपचारमा सहयोग पुग्ने बताए  । उनले एक्स्पाको माध्यमबाट नेपालको स्वास्थ्य क्षेत्रमा योगदान हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन नेपाली व्यवसायीको आत्मविश्वास बढाउनुपर्नेमा जोड दिए ।  

रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपाल (केमसान) का अध्यक्ष भक्त हमालले नेपाल र भारतबिचको खुला सिमानाका कारण गुणस्तरहीन स्वास्थ्य सामाग्री मुलुकमा आइरहेकोले त्यसलाई रोक्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप