शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउनेबारे प्रचण्डले भने– घटनाक्रमहरु भिन्न ढंगले अगाडि गए

एमालेसँग विभिन्न स्तरमा छलफल चलेको दाबी
बिहीबार, १७ फागुन २०८०, २१ : ५०
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा पार्टीको दाबी रहेको बताएका छन् । उनले विगतमा आफूले कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति राष्ट्रियसभामा आउनुपर्छ भनेको भए पनि अहिले परिस्थिति भिन्न भएको बताए । 

‘गएको एउटा भिन्न परिस्थिति थियो । सिटौलाजीले शान्तिप्रक्रियामा खेलेको भूमिका संविधान निर्माणको प्रक्रियामा खेलेको सकारात्मक भूमिकाको त्यो पृष्ठभूमिमा मैले सिटौलाजी आउनुहुन्छ भने सकारात्मक ढंगले सोच्न सकिन्छ भनेकै हो’, उनले भने, ‘तर त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रमहरु अली भिन्न ढंगले अगाडि गए ।’

बिहीबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउनेबारे पहिलापनि ठोस निर्णय नभएको  दाबी गरे । ‘यो विषयमा ठोस निर्णय भएको छैन । छलफल चलेको हो ’, प्रचण्डले भने । अहिले  पार्टीको बैठकमा अधिकांश नेताहरुले राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुँदैन भनेको उनको भनाइ छ । उनले भने, ‘ तर, औपचारिकरुपमा लिखित निर्णय भने पार्टीबाट भएको छैन ।’  

राष्ट्रियसभामा माओवादीको उम्मेदवारलाई एमालेले भोट भोट हाल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा पनि उनले छलफल भइरहेको बताए । उनले भने, ‘यो विषयमा विभिन्न स्तरमा छलफल चलेको छ तर अहिलेसम्म कुनै ठोस निर्णय भइसकेको छैन ।’

यस्तै प्रचण्डले कोशीमा माओवादी केन्द्रको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसका कारण भएको भन्दै पार्टीका नेता तथा कार्यकर्ताहरु आक्रोशित भएको बताए । कांग्रेसको महासमिति बैठकले पनि आवश्यक नभएको विषयमा अनावश्यक विषयमा छलफल चलाएको प्रचण्डको भनाइ थियो ।  गठबन्धन गरिँदैन भनेर कांग्रेसले बोलेको भन्दै प्रचण्डको आक्रोश थियो । यस्तै हिन्दु राष्ट्रको विषयमा भएको छलफलप्रति पनि उनको असन्तुष्टि थियो । 

यद्यपि प्रचण्डले अहिलेको गठबन्धनलाई राम्रोसँग लैजान आफूहरु प्रतिबद्ध रहेको बताए । तर नेपाली कांग्रेसको हालै सम्पन्न महासमितिको बैठकमा  आवश्यक नभएका कुराहरु उठेको भन्दै उनले यस विषयमा छलफल हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप