बेलबारीमा टिपरले टाटा सुमोलाई ठक्कर दियो, तीन जनाको मृत्यु
विराटनगर । मोरङको बेलबारीमा टिपरले टाटा सुमोलाई ठक्कर दिँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । एक जना गम्भीर घाइते छन् ।
बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरूमा झापा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँ बस्ने वर्ष ४४ कि दिपा खनाल रहेकी छिन् ।
उनीहरूको घटनास्थलमै मृत्यु भएको हो भने सुमो चालक झापा बिर्तामोड २ का ३६ वर्षीय कृष्ण गजुरेलको उपचारका क्रममा मृत्यु भएको हो । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
आज बिहान ६ः३० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ आउँदै गरेको मे १ झ २८५६ नम्बरको सुमोलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालका अनुसार बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रुबहाक बसमा पनि सुमो ठोकिएको थियो ।
सोही दुर्घटनामा परी अन्य दुई जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । एक जनाको अवस्था भने चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण