दर्शक देखाउँदै शीर्ष नेतालाई रविले भने– ‘शक्ति मञ्चमा होइन, जनतामा छ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरूको जमघट भएको मञ्चभन्दा जनताको शक्ति ठुलो भएको बताएका छन् । शुक्रवार भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मञ्चमा देखिएको शक्तिभन्दा जनताको शक्तिलाई महत्त्व दिन शीर्ष नेताहरूलाई आग्रह गरे ।
‘यो मञ्च कति शक्तिशाली देखिन्छ । वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीको उपस्थिति छ । विरलै देखिने दृश्य यो मञ्चमा देखिएको छ’, दर्शक दिर्घातर्फ देखाउँदै उनले भने, ‘शक्ति यता होइन । शक्ति उता छ । शक्ति कति छ भन्ने कुरा उहाँहरूले देखाउनुहुन्छ । जुन दिन कसको कति शक्ति छ देखिन्छ ।’
उनले भरतपुर विकास गरेकोमा आफूले मेयर रेणुको प्रशंसा गरेको बताए । सबै ठाउँले विशेष महत्त्व बोकेको हुन्छ भन्दै उनले भरतपुरको सिङ्गो चितवनको विकासका लागि सहयोग गर्न आफू तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण