मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ जना घाइते
शनिबार, १९ फागुन २०८०, ११ : ४६
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ मा पर्ने हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १० प ८३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा २२ वर्षीय नीरज उरावको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक देवानगन्ज–७ का २० वर्षीय जयकुमार उराव, पछाडि बसेका २९ वर्षीय मनोजकुमार उराव घाइते भएका छन् ।
उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा नीरजको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुई जनाको उपचार भइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण