कर्तव्य ज्यान गरी फरार रहेका सुवाल मृतकको मोबाइलसहित पक्राउ
आइतबार, २० फागुन २०८०, १२ : ४०
काठमाडौँ । कर्तव्य ज्यान गरी फरार रहेका भक्तपुरका सन्तोष सुवाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तेह्रथुम घर भई हाल भक्तपुर बस्दै आएका बर्ष ३३ का गोपाल ढकालको हत्यामा सम्लग्न देखिएकोले सुवाललाई पक्राउ गरिएको हो ।
सूर्यविनायक जङ्गलमा रु दुई लाख लिई आउनु भनी बोलाएर ढकालको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको थियो । ढकालको शव गत फागुन ११ गते सुर्यबिनायक स्थित रोधन बस्नेतको गोठमा फेला परेको थियो ।
सुवाललाई काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका ६ बाट शनिबार पक्राउ गरिएको हो । मृतकको मोबाइलसहित पक्राउ परेका सुवाललाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार स्वर्ण जितेकी दीपाको चिन्ता : अन्तर्राष्ट्रिय सपना आर्थिक अभावले त रोकिँदैन ?
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
-
रोमाञ्चक पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण