सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्तव्य ज्यान गरी फरार रहेका सुवाल मृतकको मोबाइलसहित पक्राउ

आइतबार, २० फागुन २०८०, १२ : ४०
आइतबार, २० फागुन २०८०

काठमाडौँ । कर्तव्य ज्यान गरी फरार रहेका भक्तपुरका सन्तोष सुवाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार  तेह्रथुम घर भई हाल भक्तपुर बस्दै आएका बर्ष ३३ का गोपाल ढकालको हत्यामा सम्लग्न देखिएकोले सुवाललाई पक्राउ गरिएको हो । 

सूर्यविनायक जङ्गलमा रु दुई लाख  लिई आउनु भनी बोलाएर ढकालको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको थियो । ढकालको शव गत फागुन ११ गते  सुर्यबिनायक  स्थित रोधन बस्नेतको गोठमा फेला परेको थियो । 

सुवाललाई  काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका ६ बाट शनिबार पक्राउ गरिएको हो ।  मृतकको मोबाइलसहित पक्राउ परेका सुवाललाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती पठाइएको  छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप