कांग्रेसले निजीकरणका नाममा निजी क्षेत्रपनि सक्यो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निजीकरणका नाममा नेपालका उद्योग र उद्यमी दुवै सकाएको टिप्पणी गरेका छन् ।
देशको आर्थिक अवस्थाबारे आइतबार विज्ञहरुसँगको छलफलमा अध्यक्ष ओलीले निजीकरणका नाममा निजी क्षेत्रलाई समेत सिध्याएको बताएका हुन् ।
‘कांग्रेसले कमिसनतन्त्रका कारण निजी क्षेत्रलाई समेत भ्रष्ट बनाइदियो’, ओलीले भने, ‘जसले गर्दा उनीहरुले पनि चलाउनका लागि किनेनन् । वाँसबारी छालाजुत्ता कारखाना चलाउनका लागि किनेनन् । हेटौडा कागज कारखाना चलाउन किनेनन् ।’
उनले ती उद्योगहरु जमिनका लागि किनेर कमिसनको फोहोरी खेल भएको बताए । उनले अहिले एमाले निजी क्षेत्रलाई विकासको इन्जिन बनाउन चाहेको भन्दै निजी क्षेत्रलाई भ्रष्टाचारको माध्यम बनाएर उद्यमशीलता नबढ्ने बताए । ‘हामीले उद्यम, उद्यमशीलता होइन, अरू देशबाट ल्याएर यहाँ बेच्नेमात्रै, गाडीदेखि साइकल र सियो पनि बाहिरबाट ल्याउने । डिलरसिपमा प्रेरित गरिरहेका छौ’, ओलीले यस्तो प्रवृत्तिबाट देशको उन्नति नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण