कांग्रेसले निजीकरणका नाममा निजी क्षेत्रपनि सक्यो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निजीकरणका नाममा नेपालका उद्योग र उद्यमी दुवै सकाएको टिप्पणी गरेका छन् ।
देशको आर्थिक अवस्थाबारे आइतबार विज्ञहरुसँगको छलफलमा अध्यक्ष ओलीले निजीकरणका नाममा निजी क्षेत्रलाई समेत सिध्याएको बताएका हुन् ।
‘कांग्रेसले कमिसनतन्त्रका कारण निजी क्षेत्रलाई समेत भ्रष्ट बनाइदियो’, ओलीले भने, ‘जसले गर्दा उनीहरुले पनि चलाउनका लागि किनेनन् । वाँसबारी छालाजुत्ता कारखाना चलाउनका लागि किनेनन् । हेटौडा कागज कारखाना चलाउन किनेनन् ।’
उनले ती उद्योगहरु जमिनका लागि किनेर कमिसनको फोहोरी खेल भएको बताए । उनले अहिले एमाले निजी क्षेत्रलाई विकासको इन्जिन बनाउन चाहेको भन्दै निजी क्षेत्रलाई भ्रष्टाचारको माध्यम बनाएर उद्यमशीलता नबढ्ने बताए । ‘हामीले उद्यम, उद्यमशीलता होइन, अरू देशबाट ल्याएर यहाँ बेच्नेमात्रै, गाडीदेखि साइकल र सियो पनि बाहिरबाट ल्याउने । डिलरसिपमा प्रेरित गरिरहेका छौ’, ओलीले यस्तो प्रवृत्तिबाट देशको उन्नति नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने