बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ओलीको आरोप : यो सरकार आफै अधिनायकवादी तानाशाह छ

आइतबार, २० फागुन २०८०, १६ : ०८
आइतबार, २० फागुन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार आफै अधिनायकवादी र तानाशाह रहेको बताएका छन् । 

आइतबार देशको आर्थिक अवस्थाबारे विज्ञहरूसँगको छलफलमा अध्यक्ष ओलीले अहिलेको सरकारले शक्ति पृथकीकरणको सिद्धान्त नै नबुझेको पनि बताए ।

‘यो सरकारले शक्ति पृथकीकरणको सिद्धान्त नै बुझ्दैन भने यसले कसरी डेमोक्रेसी कहाँ बुझ्यो ?’, ओलीको प्रश्न छ । 

उनले डेमोक्रेसी नबुझ्ने सरकार आफै अधिनायकवादी र तानाशाह भएको टिप्पणी गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप