कर्णाली प्रदेश सभा बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस
आइतबार, २० फागुन २०८०, १६ : ०८
सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो बैठक आह्वानका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस भएको छ ।
शुक्रवार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१ ) बमोजिम फागुन ३० गते बुधवार दिउँसो ३ बजे आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो । प्रदेश प्रमुखबाट आह्वान हुन भने बाँकी छ ।
यसअघि प्रदेश सभाको दोस्रो अधिवेशन ३९ औँ बैठक बसेर असोज २२ गते अन्त्य गरिएको थियो ।
नेकपा एमालेले एक महिनाअघि नै संसद् खुलाउन माग गरेको थियो । यस्तै नेपाली कांग्रेसले पनि चाँडो संसद् बोलाउनुपर्ने कुरा राखिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण