सुनिल शर्माको प्रस्ताव : कानुनमै द्वन्द्वपीडितका परिवारलाई शिक्षा दिने व्यवस्था गरौँ
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले पीडितलाई दिइने परिपूरणलाई पैसामा मात्रै तुलना गर्नु नहुने बताएका छन् ।
आइतबारको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले द्वन्द्वपीडितका परिवारलाई शिक्षा दिने कानुनी व्यवस्था नै गर्नुपर्ने बताए । उनले परिवारका सदस्यलाई उचित शिक्षा दिन सकेमा पैसा भन्दा त्यही ठूलो हुने बताए ।
उनले भने,‘परिपूरण पैसामा मात्रै तुलना गरिन्छ । त्यो समाधान होइन । पीडित पक्षको परिवारको शिक्षाको निम्ति यो कानुनमा केही व्यवस्था गरौँ । उसले पढ्न चाहेको विषयलाई देशभित्र केही कोटाहरू राखिदिने हो कि ? पाँच÷सात वर्ष कोटा राख्दा सकिइहाल्छ । पैसा भन्दा ठुलो हुन्छ त्यो । मधेस वा पहिचानको आन्दोलनलाई के भन्ने ? माओवादीले लडको जनयुद्ध हुने अरूले लडेको के हुने भन्ने प्रश्नको उत्तर खोजेर कानुन बनाए दूरदर्शी हुन्थ्यो कि ।’
उनले माओवादीले लडेको युद्धलाई जनयुद्ध भन्ने भए अरूले लडेका युद्धलाई के भन्ने भनेर प्रश्न समेत गरे । सो प्रश्नको जवाफ खोजेर कानुन बनाउनसके दूरदर्शी कानुन बन्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण