समाचार
सत्तारुढ गठबन्धनको बैठक स्थगित
सोमबार, २१ फागुन २०८०, ०७ : २५

काठमाडौँ । सोमबार बिहान बस्ने भनेको सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । सोमबार बिहान ८ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाइएकाे थियो ।
बिहानलाई बोलाइएको बैठक स्थगित भएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । यसैबिच कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपालगायतका दलहरूबिच मिलेर जाने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मध्यरातसम्म चलेको बैठकमा मिलेर जाने विषयमा सहमति भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने
-
साइबर कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी
-
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ उठाउँदै
-
स्पेनी प्रधानमन्त्रीद्वारा इजरायलमाथि युरोभिजन प्रतिबन्ध लगाउन आग्रह
-
सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढ्यो
-
ग्वार्को ओभरपासमा यसरी हुँदैछ काम, जेठ मसान्तभित्र गाडी गुडाउन मिल्ला ? (तस्बिरहरू)