समाचार
सत्तारुढ गठबन्धनको बैठक स्थगित
सोमबार, २१ फागुन २०८०, ०७ : २५
काठमाडौँ । सोमबार बिहान बस्ने भनेको सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । सोमबार बिहान ८ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाइएकाे थियो ।
बिहानलाई बोलाइएको बैठक स्थगित भएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । यसैबिच कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपालगायतका दलहरूबिच मिलेर जाने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मध्यरातसम्म चलेको बैठकमा मिलेर जाने विषयमा सहमति भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण