गण्डकी संसदमा सांकेतिक भाषाको दोभासे राख्न सांसद गुरुङको माग
पोखरा । गण्डकी प्रदेशसभामा सांकेतिक दोभासे राख्न प्रदेश सांसद सरस्वती गुरुङले माग गरेकी छिन् । संसद् सुरु भएको ६ वर्ष बितिसक्दा पनि अपाङ्गता भएकाको पहुँच पुग्न नसकेको गण्डकी प्रदेश सभा बैठकमा नियमित रूपमा सांकेतिक भाषाको दोभासे राख्न उनको माग छ ।
‘जनताको सार्वभौम सम्पन्न संसदमा हामी छौं । जनताकै मतबाट निर्वाचित भएर यहाँ हामी उपस्थित भएका हौं,’ उनले भनिन्, ‘हामीले बोलेका र राखेका धारणाहरू बुझ्ने र सुन्ने सबै नागरिकको अधिकार छ । हामीले बोलेका कुरा सुन्न आतुर तर सुन्न नपाएको एउटा समूह छ, श्रवण शक्ति कम भएका नागरिकहरू । उनीहरूले पनि सांसदलाई सुन्न पाउनुपर्छ ।’
गुरुङले संसदीय गतिविधिमा सबै नागरिकको पहुँच आवश्यक रहेको बताइन् । ‘म यो सम्मानित सभा मार्फत संसद् सचिवालयको ध्यानाकर्षण गराउँदछु कि, संसदमा माननीयहरूले बोलेका बेलामा सांकेतिक भाषा मार्फत पनि आम नागरिकहरूमा सांसदलाई पुर्याइयोस्,’ उनले भनिन्, ‘सँगै प्रदेश सरकार मातहत निर्माण हुने सम्पूर्ण पूर्वाधारहरूलाई अपाङ्गता मैत्री बनाउनका लागि पनि सरकारको ध्यानाकर्षण गराउँदछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण