आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डको ब्रिफिङ : फेरि वामपन्थी एकताको अध्याय सुरु भयो

आजै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन
सोमबार, २१ फागुन २०८०, १० : ५९
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले फेरि वामपन्थी एकताको नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रधानमन्त्रीले हिजोको गल्ती स्वीकार गर्दै फेरि वामपन्थी एकता गर्ने बिन्दुमा आइपुगेको ब्रिफिङ गरेका हुन् । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सचिव देवेन्द्र पौडेलले नेपालमा फेरि अर्को पटक वामपन्थीहरूको एकताको प्रसङ्ग उब्जिएको बताए । ‘आजै एकताको कुरा त होइन । तर, फेरि पनि सरकार पुनर्गठनको प्रसङ्गसँगै हिजोको गल्ती स्विकारेर नेपालको वामपन्थीहरू फेरि एक हुने अध्यायको सुरुवात भएको छ,’ उनले भने । सो कुरा बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गरेको उल्लेख गर्दै पौडेलले अब राजनीतिक कोर्स नयाँ शिराबाट अघि बढ्ने भएको बताए । 

यस्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको कुरा आजै टुङ्ग्याउने कुरा बैठकमा गरेको पनि बताए । योसँगै बजेट, नीति तथा कार्यक्रम र शान्ति प्रक्रियाका बाँकी विषय टुङ्ग्याएर राजनीति कोर्स करेक्सन गर्ने गरी बैठकबाट निर्णय लिएको उनले बताए । आजै सानो सङ्ख्यामा मन्त्रिपरिषद् पुनर्गठन हुने उनको भनाइ छ । कांग्रेससँगको गठबन्धन तोडेर माओवादीले एमालेसँगको सहकार्य गर्ने सहमति गरेको छ।  नयाँ समीकरणअनुसार जसपा, रास्वपालगायतका दल पनि सत्तापक्षमा हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप