जनमत पार्टी नयाँ गठबन्धन र सरकारबारे अनिर्णीत
काठमाडौँ । डा.सीके राउत नेतृत्वको जनमत पार्टी सरकार र नयाँ गठबन्धनको बारेमा अनिर्णीत बनेको छ ।
सोमबार जनमत पार्टीको कार्यालय बानेश्वरमा बसेको उपलब्ध पदाधिकारीको बैठकले अहिले बनेको गठबन्धनमा जाने कि नजाने बारेमा कुनै निर्णय लिन नसकेको उपाध्यक्ष दीपक साहले बताए । उनले भने, ‘हाम्रो पार्टीबाट अहिलेको वर्तमान सरकारमा मन्त्री छँदैछन्, अहिलेको सरकारलाई समर्थन गरकै छ । तर बनेको नयाँ गठबन्धनमा जाने कि नजाने बारेमा हाललाई कुनै निर्णय गरेका छैनौँ ।’
जनमतले २०७९ पुस १० गते बनेको माओवादी–एमाले गठबन्धनले गरेको सहमति कार्यान्वयनमा प्रतिबद्धता खोजेको छ । २०७९ को पुस १० गते एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको सहमति अनुसार मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने थियो । त्यसमा जसपा पहिलो चरणमा नेतृत्व गर्ने र दोस्रो चरणमा जनमतले नेतृत्व गर्ने उल्लेख थियो ।
यस्तै केन्द्रमा उद्योग र कृषि मन्त्रालय वा दुवैमध्ये एउटा मन्त्रालय दिने सहमति भएको थियो । तर त्यसमध्ये कुनै पनि कार्यान्वयन भएन । अहिले पुनः सोही गठबन्धन पुनर्जिवित भएको अवस्थामा सम्झौताको बारेमा गठबन्धनसँग जनमतले छलफल गर्ने साहको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण