जनमत पार्टी नयाँ गठबन्धन र सरकारबारे अनिर्णीत

काठमाडौँ । डा.सीके राउत नेतृत्वको जनमत पार्टी सरकार र नयाँ गठबन्धनको बारेमा अनिर्णीत बनेको छ ।
सोमबार जनमत पार्टीको कार्यालय बानेश्वरमा बसेको उपलब्ध पदाधिकारीको बैठकले अहिले बनेको गठबन्धनमा जाने कि नजाने बारेमा कुनै निर्णय लिन नसकेको उपाध्यक्ष दीपक साहले बताए । उनले भने, ‘हाम्रो पार्टीबाट अहिलेको वर्तमान सरकारमा मन्त्री छँदैछन्, अहिलेको सरकारलाई समर्थन गरकै छ । तर बनेको नयाँ गठबन्धनमा जाने कि नजाने बारेमा हाललाई कुनै निर्णय गरेका छैनौँ ।’
जनमतले २०७९ पुस १० गते बनेको माओवादी–एमाले गठबन्धनले गरेको सहमति कार्यान्वयनमा प्रतिबद्धता खोजेको छ । २०७९ को पुस १० गते एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको सहमति अनुसार मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने थियो । त्यसमा जसपा पहिलो चरणमा नेतृत्व गर्ने र दोस्रो चरणमा जनमतले नेतृत्व गर्ने उल्लेख थियो ।
यस्तै केन्द्रमा उद्योग र कृषि मन्त्रालय वा दुवैमध्ये एउटा मन्त्रालय दिने सहमति भएको थियो । तर त्यसमध्ये कुनै पनि कार्यान्वयन भएन । अहिले पुनः सोही गठबन्धन पुनर्जिवित भएको अवस्थामा सम्झौताको बारेमा गठबन्धनसँग जनमतले छलफल गर्ने साहको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलनमा परेका विपन्न नागरिकको निःशुल्क उपचार गरिने
-
डेडिकेटेड र ट्रंकलाइन बक्यौता: पुनरवलोकनका लागि ४६ उद्योगले दिए निवेदन
-
कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन
-
बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ?
-
५६ करोड ७१ लाख बिगो माग गरिएका थापा ३ लाख धरौटीमा रिहा
-
राजु पाण्डेको रिटमा उच्च अदालतले भन्यो - निलम्बन कार्यान्वयन नगर्नू, काम गर्न दिनू