गण्डकी प्रदेशसभाले पास गर्यो आमसञ्चार विधेयक
पोखरा । गण्डकी प्रदेशसभाले आमसञ्चार विधेयक पास गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकले विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदमा विधेयक पास गर्न प्रस्ताव राखेका थिए । सरकारले गत भदौ २१ गते संसदमा विधेयक टेबुल गरेको थियो । असोज ११ गते प्रदेश मामिला तथा कानुन समितिमा गएको विधेयक फागुन १६ गते संशोधनसहित फिर्ता भएको थियो ।
२०७८ सालमै तत्कालीन सरकारले विधेयक सभामा पेस गरेको थियो । सामान्य छलफल गरेर विधायन समितिमा दफावार छलफलका लागि पठाइएकोमा संसद्को कार्यकाल सकिएकोले विधेयक निष्क्रिय भएको थियो ।
विधेयकमा रजिस्ट्रार लगायत दफामा संशोधन गरिएको छ । उत्पत्तिको बेला उपसचिव रजिस्ट्रार रहने व्यवस्था रहेकोमा संशोधन पछि सहसचिव सरहको व्यवस्था गरिएको छ ।
अब सञ्चार माध्यम दर्तादेखि नवीकरणसम्मको सुविधा प्रदेशमै निहित हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण