शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभाले पास गर्‍यो आमसञ्चार विधेयक

सोमबार, २१ फागुन २०८०, १६ : २५
सोमबार, २१ फागुन २०८०

पोखरा । गण्डकी प्रदेशसभाले आमसञ्चार विधेयक पास गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकले विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो । 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदमा विधेयक पास गर्न प्रस्ताव राखेका थिए । सरकारले गत भदौ २१ गते संसदमा विधेयक टेबुल गरेको थियो । असोज ११ गते प्रदेश मामिला तथा कानुन समितिमा गएको विधेयक फागुन १६ गते संशोधनसहित फिर्ता भएको थियो । 

२०७८ सालमै तत्कालीन सरकारले विधेयक सभामा पेस गरेको थियो । सामान्य छलफल गरेर विधायन समितिमा दफावार छलफलका लागि पठाइएकोमा संसद्को कार्यकाल सकिएकोले विधेयक निष्क्रिय भएको थियो । 

विधेयकमा रजिस्ट्रार लगायत दफामा संशोधन गरिएको छ । उत्पत्तिको बेला उपसचिव रजिस्ट्रार रहने व्यवस्था रहेकोमा संशोधन पछि सहसचिव सरहको व्यवस्था गरिएको छ । 

अब सञ्चार माध्यम दर्तादेखि नवीकरणसम्मको सुविधा प्रदेशमै निहित हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप