संकटमा सुदूरपश्चिम सरकार, नाउपा फेरि निर्णायक
धनगढी । केन्द्रमा कांग्रेस–माओवादीसहितको गठबन्धन भत्किएसँगै सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । केन्द्रकै सत्ता समीकरण अनुसार बनेको सुदूरपश्चिम प्रदेश सरकार केन्द्रमा गठबन्धन फेरिनासाथ संकटमा पुगेको हो ।
प्रदेशसभामा नेकपा एमालेबाट तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिन नसक्दा सबैभन्दा ठुलो दलको हैसियतले नेपाली कांग्रेसका कमलबहादुर शाह संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री बनेका थिए ।
२०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाह नेतृत्वको सरकार संकटमा परेसँगै नयाँ सरकार गठनबारे चर्चा हुन थालेको छ । नयाँ समीकरण अनुसार माओवादी, एमाले र नागरिक उन्मुक्ति पार्टीबिच सहकार्य भएमा सरकार गठन हुन सक्छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ जना स्वतन्त्र सांसद छन् । यहाँ बहुमतका लागि कम्तीमा २७ जना सांसदको समर्थन आवश्यक हुन्छ ।
नयाँ समीकरण अनुसार माओवादीको ११, एमालेको १० र नागरिक उन्मुक्तिको ७ गरी २८ जना सांसदको समर्थन जुट्छ ।
अर्कोतिर कांग्रेस, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादी मिलेर पनि सरकार गठन गर्ने आधार देखिन्छ । कांग्रेसको १८, नागरिक उन्मुक्तिको ७ र एकीकृत समाजवादीको ४ गरी २९ सांसदको समर्थन जुट्छ ।
त्यसैले पनि सुदूरपश्चिममा सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको हो ।
राजेन्द्र रावल मुख्यमन्त्री हुँदा नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएको थियो । पछि नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिँदा रावल नेतृत्वको सरकार ढलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण