बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले प्रमुख सचेतकमा बर्तौलाको बढुवा, सचेतकमा बराल नियुक्त

मङ्गलबार, २२ फागुन २०८०, १५ : ००
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला तोकिएका छन् । बर्तौला यसअघि सचेतक रहेका थिए । प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरेका हुन् । 

त्यस्तै सांसद सुनिता बराल सचेतक बनेकी छन् । वर्तौला मकवानपुर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेर निर्वाचित भएका हुन् । त्यस्तै सुनिता बराल समानुपातिक सांसद हुन् । बर्तौला र बराल दुवै अनेरास्ववियुको पृष्ठभूमिबाट राजनीतिमा उदाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप