सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हत्या गरी फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

मङ्गलबार, २२ फागुन २०८०, १९ : ०१
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नुवाकोट दुप्चेश्वर गाउँपालिका-१ घर भएका ४४ वर्षीय प्रेमबहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

२०५७ माघ १६ गते नुवाकोट साविक ध्याङ्फेदी गाविस-३ स्थित आफन्तको घरमा घेवा मान्न गएका मख्खु भन्ने छेवाङ तामाङलाई प्रेम बहादुर तामाङ समेतले खुकुरी प्रहार गरी हत्या गरेको घटनामा वारदात पश्चात् फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले काठमाडौँ गोकर्णेश्वर नगरपालिका-८ माकलबारीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप