हत्या गरी फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
मङ्गलबार, २२ फागुन २०८०, १९ : ०१
काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नुवाकोट दुप्चेश्वर गाउँपालिका-१ घर भएका ४४ वर्षीय प्रेमबहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
२०५७ माघ १६ गते नुवाकोट साविक ध्याङ्फेदी गाविस-३ स्थित आफन्तको घरमा घेवा मान्न गएका मख्खु भन्ने छेवाङ तामाङलाई प्रेम बहादुर तामाङ समेतले खुकुरी प्रहार गरी हत्या गरेको घटनामा वारदात पश्चात् फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले काठमाडौँ गोकर्णेश्वर नगरपालिका-८ माकलबारीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
-
रोमाञ्चक पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता
-
मेक्सिकोले एक गोल फर्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण