मधेसमा नयाँ सरकार निर्माणबारे केन्द्रको निर्णयकै प्रतीक्षा : मुख्यमन्त्री यादव

वीरगन्ज । केन्द्रमा सत्ता समीकरण बदलिए पनि ठोस निर्णय नहुँदा प्रदेशमा नयाँ सरकार निर्माणबारे अन्योल कायमै रहेको बेला मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफूहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको बताएका छन् ।
रातोपाटीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले प्रदेशस्तरमा हुने समीकरण र गठबन्धनबारे अहिले नै यसै हुन्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘अहिले हामी केही भन्न सक्दैनौँ, किनभने अहिले केन्द्रमै कुनै सहमति भएको छैन । कुन प्रदेश कसले पाउने लगायतका विषय प्याकेजमा सहमति हुनुपर्छ ।’
केन्द्रमा ४ दलबिच सहमति भएकै आधारमा आफूहरू पनि अघि बढ्ने उनले बताए । उनका अनुसार केन्द्रमा जे सहमति हुन्छ, त्यही बमोजिम प्रदेशमा सरकार निर्माणको प्रक्रिया अगाडि बढाइन्छ । ‘त्यसैले अहिले हामी केन्द्रको निर्णयकै प्रतीक्षामा छौँ,’ उनले भने ।
केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धनका आधारमा मधेसमा सरकार गठनका लागि बहुमत जुट्ने सम्भावना छैन । नयाँ समीकरणमा एमाले, माओवादी, जसपा र रास्वपा गरी ४ दल छन् । तर प्रदेश सभामा रास्वपाको उपस्थिति शून्य छ ।
मधेस प्रदेशमा अहिले माओवादीका ९, जसपाका १९ र एमालेका २३ सांसद छन् । बहुमतका लागि कम्तीमा ५४ जना सांसदको समर्थन आवश्यक हुन्छ । तर, जसपा, जनमत, लोसपाले मधेस प्रदेश सरकारको नेतृत्वमा दाबी गरिरहेका कारण कुनै एक दललाई मुख्यमन्त्री दिँदा अन्य दुई दल असन्तुष्ट हुने अवस्था देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक